काठमाडौं । बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि चुमेको छ । शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि चुमेको हो ।
लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा सेर्गीले बायर्नको अग्रता दोब्बर बनाए । ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्नको अग्रता ३-० को बन्यो । ६३ औं मिनेटमा लेवरकुसनका बेन्डेरले गोल गर्दै खेल ३(१ मा ल्याए ।
तर, ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए । यससँगै उनले सिजनको ५१ औं गोल पुरा गरे ।
त्यसपछि खेलको इन्जुरी समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल फर्काएपनि बायर्न ४-२ ले विजयी भयो । यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।
जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो । बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । बायर्नले यस अघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया