काठमाडौँमा १२ वटा माइक्रोबस जलेको अवस्थामा भेटियो

काठमाडौँ – काठमाण्डौको नयाँ बसपार्कस्थित ग्यारेजभित्र १२ वटा माइक्रोबस आगोलागीमा जलेको अवस्थामा भेटिएको छ ।

गएराति एकैठाउँमा रोकेर राखेको १२ वटा माइक्रोबसमा आगलागी भएको प्रहरीले पुष्टि गरेको हो ।

पार्किङ गरि राखिएको बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ । बा २ क २०८०, बा १ ज ९६०६, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख ईन्स्पेक्टर सन्तोष कुमार दाहालले लोकपथसँग बताए ।

प्राप्त जानकारी अनुसार बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा माइक्रोबस पूर्ण रुपमा जलेको र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको छ ।

पार्किङमा राखिएका सवारीमा कसरी आगलागी भयो भन्ने बारे खुलेको छैन । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?