युभेन्ट्सको शानदार जितमा रोनाल्डोको फ्रिकिक गोल

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले सहज जितहात पारेको छ । शनिबार भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

Image

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र जुवान कोर्डाडोले एक एक गोल गरे । टोरिनोको आन्द्रे बेलोट्टीले एक गोल फर्काउदा कोफी डिज्जीले एक आत्मघाती गोल गरे ।

घरेलु मैदानमा खेलको तेस्रो मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । २९ औं मिनेटमा जुवानले गोल गर्दा युभेन्ट्स २-० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा टोरिनोका बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

 

खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै युभेन्ट्सलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा टोरिनोका कोफीले आत्मघाती गोल गर्दा युभेन्ट्सले ४-१ को जित निकाल्यो ।

जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले ३० खेलमा ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोको ६८ अंक रहेको छ । लाजियोले एक खेल कम खेलेको छ ।

टोरिनो ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?