काठमाडौं – शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी बालुवाटार पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीलाई कता लाग्ने हो कित्ता क्लियर गर्न भनेको जानकारी प्राप्त भएको छ ।
स्थायी कमिटीमा ‘हुल्लडबाज’हरूले आफ्नाविरुद्ध अनर्गल प्रचार गरिरहेको र अबको समिकरण कता जान्छ यसै भन्न नसकिने बैठकमा सहभागि एक मन्त्रीले बताए ।
उनले प्रधानमन्त्रीले बैठकमा भनेको कुरा सुनाउँदै भने – ‘म कुनै पनि निर्णय मान्दिनँ, कता लाग्ने हो प्रष्ट हुनुहोला। पार्टी एक नरहन सक्छ ।”
आज अपरान्ह राष्ट्रपति भेट्न शीतलनिवास पुगेका प्रम ओली र राष्ट्रपतिबीच के कुरा भयो बाहिर खुलाइएको छैन ।
स्रोतले नियमित भेटघाट मात्र भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई बालुवाटारबाट निराश बनाएर फर्काएको बुझिएको छ ।
उनले आफूलाई तल्लो स्तरमा झरेर गालीगलौज गर्ने, अत्यन्तै अपमानित गर्ने काम भइरहेको भन्दै पार्टीको सदस्य भएकोले मन्त्रीहरु र राज्यमन्त्रीलाई कता लाग्ने प्रष्ट बन्न अनुरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया