कोरोनाका कारण ज्यान गुमाएका पुरुषको शव १२ घण्टा पछि व्यवस्थापन

काठमाडौं । गोरखामा कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार-७ का ४४ वर्षीय पुरुषको १२ घण्टा पछि शव व्यवस्थापनमा गरिएको छ । स्थानीयको अवरोध हटाएर १२ घन्टापछि कोरोना संक्रमितको शव ब्यवस्थापन नेपाली सेनाको बिशेष टोलीले गरिएको हो ।

शनिबार बिहान ५ बजे निधन भएका व्यक्तिको शव साँझ ६ बजे सहिद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ को सीमा क्षेत्रअन्तर्गतको लुदी दोभानमा व्यवस्थापन गरिएको हो । लुदी दोभानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाएर शव व्यवस्थापन गरेको थियो ।

प्रहरीले व्यवस्थापनमा अवरोध गर्ने स्थानीयलाई तितरवितर पार्न लाठीचार्ज र ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि अवुवा क्षेत्र शनिबार दिनभर तनावग्रस बनेको थियो ।

नेपाली सेनाको रणसिंह दल गणका सेनाको टोलीले विशेष स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर शवको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?