युभेन्टस र टोरिनो भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत आज युभेन्टस र टोरिनो भिड्दै छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ९ बजे शुरु भएको हो ।

घरेलु मैदानमा युभेन्टस सहज प्रतिद्वन्द्वीविरुद्ध सहज जितको खोजीमा हुनेछ । सहज जितसँगै युभेन्टस शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।

तर, टोरिनो पनि युभेन्टसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

लिगमा युभेन्टसले २९ खेलमा ७२ अंक जोडेको छ । १५ औं स्थानको टोरिनोको ३१ अंक रहेको छ । यस सिजन युभेन्टस दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?