काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच छलफल शुरु भएको ।
यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । त्यहाँबाट फर्किए लगत्तै बालुवाटारमा छलफल शुरु गरिएको हो ।
पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएको छ । यसैबीच प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसँगको भेटघाटलाई बाक्लो बनाउनु र मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफल गर्नुलाई अर्थपूर्ण हेरिएको छ ।
मन्त्री तथा राज्यमन्त्रीसँगको भेटघाट समसामयिक विषयमा परामर्श रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया