राष्ट्रपति भेटेर बालुवाटार पुगे प्रधानमन्त्री ओली, के भयो कुराकानी ?

काठमाडौं । शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले मन्त्री एवम् राज्यमन्त्रीहरु भेटघाट गर्नेछन् । आज अपरान्ह राष्ट्रपति भेट्न शीतलनिवास पुगेका प्रम ओली र राष्ट्रपतिबीच के कुरा भयो बाहिर खुलाइएको छैन् । स्रोतले नियमित भेटघाट मात्र भएको बुझिएको छ ।

स्रोतका अुनसार प्रधानमन्त्री ओली बालुवाटार फर्किएपछि मन्त्री र राज्यमन्त्री बालुवाटर पुगेका छन्।

मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएपनि के को लागि भनेर खुलाइएको छैन् ।

पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र विवाद चुलिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीले आफू निकटका नेताहरुलाई भेटघाट बाक्लो बनाएका छन् ।

गत असार १० गतेबाट बसेको नेकपा स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले ओलीको अध्यक्ष र प्रधानमन्त्री पदबाट राजिनामा माग गरेको थिए । आज राष्ट्रपतिसँगको भेटघाटलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?