काठमाडौं । कोरोनाभाइरस महामारीको कारण अहिले मानिस विभिन्न समस्याहरूसँग संघर्ष गरिरहेका छन्।
एकै समयमा, समयमै उपचार र संसाधनहरूको अभावका कारण धेरै मानिसहरूले आफ्ना आफन्तहरूलाई गुमाइरहेका छन्।
त्यस्तै एक घटना भारतको बेंगलुरुमा भएको छ । त्यहाँ एक कोरोना बिरामीको सडकमै पीडादायी मृत्यु भएको छ ।
उनको मृत्यु पछि उनकी श्रीमतीले श्रीमानलाई अस्पताल लान फोन गरेपनि समयमा नआएकोले श्रीमानको मृत्यु भएको आरोप लगाएकी छन् । उनका श्रीमान अचानक स्वास्थ्यमा समस्या आएपछि जमीनमा लडेका थिए ।
त्यसपछि उनको अचानक मृत्यु भएको थियो । उनको डेडबडी लगभग ३ घण्टासम्म सडकमा रहेको थियो। उनको मृत्यु भएपछि मात्र एम्बुलेन्स घटनास्थल पुगेको थियो ।
मृतककी श्रीमतीले आफूले श्रीमानको अवस्था नाजुक भएकोले अस्पतालबाट एम्बुलेन्स बोलाएको तर एम्बुलेन्स नआइदिएकोले यो सबै भएको बताएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया