२ नं. प्रदेशमा एमाले हार्नुको रहस्य खोले ओलीले

काठमाण्डौं, ६ असोज ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणको निर्वाचनमा आफूहरु असफल भएको स्वीकार गरेका छन । एमालेको शुक्रवार देखि शुरु भएको आठौं केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले उनले सत्तारुढ दलले सत्ताको अत्यधिक दुरुपयोग गरेर आफूहरुलाई पराजित गरेको दावी गरे ।सत्ताको आडमा कांग्रेस र माओवादी केन्द्रले पैसा बाँडे धाँधली गरेको ओलीको आरोप छ । सरकारमा रहेका दलहरु कांग्रेस र माओवादी केन्द्रले आफूलाई सहयोग नगर्ने प्रशासकहरुको मनपरी सरुवा गरेका कारण पनि चुनावमा प्रभाव परेको ओलीले बताए । चुनावको बेलामा ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी र न्यायाधीशहरु सरुवा गर्दा पनि निर्वाचन आयोगले आचारसंहिता उलंघनको आरोपमा केही गर्न नसकेको भन्दै ओलीले असन्तुष्टी जनाए । मैले निश्पक्ष निर्वाचन होस भनेर आग्रह गर्दा मलाइ नै आचार संहिता उलंघन गर्‍यो भनेर पत्र काट्यो, उनले भने ुआचार संहिता पनि एमालेलाई मात्र लाग्ने रहेछ । एमालेले दुई नम्बर प्रदेशमा धेरै जित निकाल्न नसके पनि पहिलो पार्टी नै रहने ओलीले बताए । मंसिर १० र २१ गते बहुमत ल्याएर इतिहासमा पहिलो पटक बहुमतसहितको सरकार बनाउने ओलीले ठोकुवा गरे । केन्द्रीय सदस्यहरुलाई संबोधन गर्दै ओलीले प्रदेश नम्बर २ मा जस्तो परिणाम आए पनि प्रदेश सरकार एमालेले बनाउनेमा ढुक्क हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?