कांग्रेस संसदीय दलको नेतामा अब देउवा होईन, दोस्रो पुस्तालाई दिनुपर्छ: यादव

काठमाडौं, १० फागुन – नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दलको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले दोस्रो पुस्ताको नेतालाई अघि सार्नुपर्ने स्पष्ट पारेका छन् बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संसदीय दलको नेतामा सभापति देउवाले आफूलाई अघि सार्न नहुने धारणा राखे । उनले भने,‘सभापतिले अब संसदीय दलको नेता बन्न जोड गर्नुहुँदैन्, बरु उहाँले अब दोस्रो पुस्ताको नेतालाई दिनुपर्छ।’ यादवले सकेसम्म दलको नेता सर्वसम्मतीमा चयन गरिने पनि विश्वास दिलाए क्उनले अहिलेको जनमतलाई सम्मान गर्दै आफूहरु आगामी पाँच वर्षसम्म सशक्त प्रतिपक्षको भूमिकामा बस्ने विश्वास दिलाए उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई हामी गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौं।’ उनले वाम गठबन्धनको सरकारले जनतामा गरेको वाचा अनुसार काम गर्नको लागि आफूहरुको शुभकामना दिए निवर्तमान मन्त्री समेत रहेका यादवले भने,‘स्थायी सरकार बनोस्, संविधानहित अनुसार सरकारले काम गरोस्, मुलुकलाई समृद्धितिर डोर्याओस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?