रोपाइ गरिरहेका किसानलाई प्रहरीले हान्यो लाठी र अश्रुग्यास

काठमाडौं । ललितपुरको खोकनामा खेत रोपाइ गरिरहेका किसानलाई प्रहरीले लाठीचार्ज गरेको छ । आफ्नो जमिन खनजोग गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

फास्ट ट्याकको नाममा आफूहरुको जग्गा अनावश्यक कब्जा गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् भने विरोधकै क्रममा खोकनाबासीले रोपाइँ थालेका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । तनावका क्रममा केही स्थानीय किसान घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?