नेकपाभित्रको पछिल्लो विवादबारे बोले जनार्दन शर्मा- ‘पार्टी फुट्न र फुटाउन दिइदैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले पछिल्लो समय पार्टीभित्रको विचलनका बारेमा प्रतिकृया जनाएका छन् ।

नेकपा स्थायी कमिटि सदस्य समेत रहेका शर्माले नेकपाभित्रको विवादलाई सिमित नेताहरुको समस्यासँग मात्र हेर्ने नहुने बताए ।
राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएकाले दुई नेताहरुले मात्र के गर्छन भन्ने नभइ पार्टीलाई एक बनाउन सबै नेता कार्यकर्ताको जिम्मेवारी आएको बताए ।

साथै नेता शर्माले कुनैपनि हातलमा पार्टी नफुट्ने र फुटाउन नदिनेमा आफू दृढ रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टी निर्माणको बेला गरिएका सहमती, जनता र कार्यकर्ताको सुझावका आधारमा रुपान्तरणसहितको नयाँ नेतृत्वका लागि नेताहरुलाइ आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र,देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ । म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइदैन । पार्टीलाई विचार,बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु हुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं । कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु । रुपान्तरण सहितको एकता आजको आवश्यकता”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?