जनकपुरधाममा शहीदद्वार निर्माण गरिने

लोकपथ संवाददाता
0
Shares
zxLbu]6sf] k|f?k hgsk’/wfd @) c;f/ M hgsk’/wfd pkdxfgu/kflnsfaf6 dw]z cfGbf]ngdf zxfbt k|fKt ug]{sf] ;Ddfgdf lgdf{0f ug]{ zxLbu]6sf] k|f?k . t:jL/ M lxdf+z’ rf}w/L÷/f;;

काठमाडौं । मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीद द्वारको निर्माण गर्ने भएको छ । करिब तीन करोडमा मधेश आन्दोलनका शहीद नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको सम्मानमा शहीद द्वार निर्माण गर्ने योजना अघि सारिएको हो ।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मधेश आन्दोलनमा शहादत प्राप्त गरी अन्त्येष्टि गरिएको छेउ मुजेलियास्थित राजमार्गमा शहीद द्वार निर्माण गरिने छ ।

जनकपुरधाम उपमहानगरपालिकाबाट मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गर्ने शहीदगेटको प्रारुप

द्वारको तीनवटा पिलरमा नितु, दिलीप र सञ्जयको प्रतिमा रहने जनाइएको छ । उपमहानगरपालिकाद्वारा सो द्वारमा मर्यादा पुरूषोत्तम भगवान रामको प्रतिमा पनि राख्ने योजना अघि सारिएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?