इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको अभियोगपत्रमा आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये २ करोड ७ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ मात्रै वैध भएको देखाएको छ । बाँकी ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?