बेलायतमा कोरोनाका कारण ६७ नेपालीको गयो ज्यान

काठमाडौं । बेलायतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको कूल संख्या ६७ पुगेको छ । गैरआवासीय नेपाली संघ यूकेले हालसम्म ६७ जना नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन जनाएको छ ।

यसैगरी नेपाली दूतावास लन्डनको पछिल्लो तथ्यांक अनुसार पनि बेलायतमा हालसम्म ६७ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

यसरि मृत्यु हुनेहरुमा पाँच दर्जन हाराहारीमा भूतपूर्व गोर्खा तथा तीनका परिवारहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?