धनुषा । धनुषाको जनकपुरमा हिन्दूवादीको एक समूहले प्रदर्शन गरेको छ । हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनको विरोधमा प्रदर्शन गरेको हो ।
चीनले नेपालको भूमि हडपेको तथा सगरमाथा पनि गुगल म्यापमा आफ्नोतिर पारेको दावी गर्दै विरोधमा प्रदर्शन गरिएको छ । गत हप्ता अभियानले काठमाडौँ र विरगञ्जमा पनि प्रदर्शन गरेको थियो ।

अभियन्ता मनिष हिन्दूको नेतृत्वमा जनकपुरको जनक चौकमा उनीहरुले चीनको विरोधमा नाराबाजी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीविरुद्ध नाराबाजी समेत गरेका थिए ।
कार्यक्रममा प्रदर्शनकारीहरुले परराष्ट्रमन्त्री चीनको एजेन्डामा चलेको भन्दै उनको बर्खास्तीको समेत माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया