वीरेन्द्रनगर । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । सत्तारुढ दल नेकपाभित्र अन्तरद्वन्द्वका बीच प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् । वीरेन्द्रनगरस्थित मङ्गलगढी चोकबाट शुरु गरिएको प्रदर्शन बजार परिक्रमा गरेको थियो ।
प्रर्दशनमा ठूलो सङ्ख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेका बेला उहाँको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीले सरकार ढाल्न पाइँदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई भन्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनमा सहभागी अनेरास्ववियुका केन्द्रीय सदस्य प्रेम खड्काले राष्ट्रघाती शक्ति लागेको भन्दै राष्ट्रवादी शक्तिलाई बचाउन नसकिए देश नरहने बताए। अनेरास्ववियु जिल्ला संयोजक भुपेन्द्र शाहीले देश कोरोना महामारीको सङ्क्रमणविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया