काठमाडौं । पूर्व युवराज पारस शाहले अनसनरत इशान अधिकारी ‘ई’ र पुकार बमलाई अस्पतालमै पुगेर भेट गरेका छन् । शुक्रबार दिउँसो पारस अनसनरत ‘ई’ समुहलाई भेट्न अस्पताल पुगेका हुन् ।
अभियान्ता इशान अधिकारी (ई) र उनका समूह क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, शंकास्पद सबैको पीसीआर टेस्ट हुनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने लगायतका माग राखेर अनसनमा बसिरहेका छन् ।
बिहीबार उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पताल पुर्याइएको थियो ।
अर्का सत्याग्रही पुकार बम पनि अस्वस्थ भएपछि उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अस्पताल पुगेका पूर्व युवराज शाहले अधिकारीका बुवाआमासँग पनि केहीबेर कुराकानी गरेका थिए ।
पोखरामा रहेका पारस बिहीबार मात्रै काठमाडौँ पुगेका थिए ।
यसअघि हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओली उनीहरुलाई भेट्न अस्पताल पुगेका थिए । त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा, नविन्द्रराज जोशी तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले उनीहरुलाई अनसनरत स्थलमा भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया