अनुमति नलिएका संस्थासँग डिजिटल पेमेन्टको कारोबार नगर्न राष्ट्र बैंकबाट निर्देशन (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नलिइ भुक्तानी प्रणाली सञ्चालन गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले त्यस्ता बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ।

अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गैर कानुनी भएकाले त्यस्ता कार्य गर्ने सबैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?