नेपालमा कोरोना अपडेट : कोरोना नियन्त्रणमा सरकारको यस्तो ‘प्लान’, कहाँ कति थपिए संक्रमित?

काठमाडौं – नेपालमा थप १ जनाको कोरोना भाईरस ‘कोभिड – १९’ को कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनमा उच्च रक्तचाप र पार्किन्सनको समस्या रहेको थियो । ती वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको गत असार १७ गते काठमाडौंको एक निजी अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको थियो ।

नेपालमा बितेको २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले नेपालमा बितेको २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म ६ हजार १४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ८२३ रहेको छ ।

नेपालमा हिजो बिहीवार ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

८२३ जना कोरोना संक्रमण मुक्त : 

नेपालमा थप ८२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार १ सय ४३ रहेको छ ।

कोरोना संक्रमण मुक्त हुनेमा : 

प्रदेश १ बाट ४०० जना

प्रदेश २ मा १ हजार ८ सय ६७ (सतसठ्ठी)जना

वाग्मती प्रदेशबाट १ सय ८५ जना

गण्डकी प्रदेश २ सय १४ जना

प्रदेश ५ बाट १ हजार ७ सय २५ जना

कर्णली प्रदेशबाट १ हजार ७२ जना

सुदूरपश्चिम प्रदेशबाट ६ सय ८० जना उपचाररत अस्पतालबाट पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज भएका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका यी ८ जिल्ला

महोत्तरी

रौतहट

सर्लाही

कपिलवस्तु

पाल्पा

दैलेख

कैलाली

कुन प्रदेशमा कति मन्त्रालयका अनुसार :
प्रदेश नम्बर १ मा : ६ सय ७४ जना
प्रदेश नम्बर २ मा : ३ हजार ९ सय ९५ जना
बागमती प्रदेशमा : ५ सय ७ जना
गण्डकी प्रदेशमा : ११ सय १८ जना
प्रदेश नम्बर ५ मा : ३ हजार ८ सय ९१ जना
कर्णाली प्रदेशमा : १ हजार ५ सय ३९
सुदूरपश्चिम प्रदेशमा : ३ हजार ५ सय ३५ जनामा

अब यस्तो छ प्लान ? 
सरकारले क्यान्सर, डाइविटिजका विरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने विरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको बताईएको छ ।

कहाँ ? कति भयो परीक्षण ? 
शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन् । आजसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ ।

कति छन् क्वारेन्टाईनमा ? 
अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् । आजसम्म ६ हजार १ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

कहाँ/ कति परीक्षण हुँदा कति थपिए संक्रमित ? 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा : ८५८ जना मध्ये १६६ जना

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परिक्षणमा :  २६२ जना मध्ये १९ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा  : २८६ जना मध्ये १७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : २१२ जना मध्ये २ जना

गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : ८५ जना मध्ये ३२ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : २३५ जना मध्ये २२ जना

नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा :  १३१ जना मध्ये १ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा : २२१ जना मध्ये कसैको पनि पोजेटिभ आएको छैन ।

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा :  २१६ जना मध्ये २१ जना

किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : २३८ जना मध्ये २९ जना

धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा : १३४ जना मध्ये पोजेटिभ छैन ।

पाटन अस्पताल प्रयोगशालामा : २०७ जना मध्ये यसको संख्या प्राप्त भएको छैन ।

वीर अस्पताल प्रयोगशालामा : १४० जना एउटा पनि प्रोजेटिभ छैन ।

त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा मा गरिएको परिक्षणमा : ९६ जना मध्ये यसमा पनि पोजेटिभ संख्या प्राप्त भएको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा : १८३ जना मध्ये २ जना पोजेटिभ

प्रादेशिक क्षयरोग प्रयोगशालामा गरिएको परिक्षणमा : ३१७ जना मध्ये १३ जना पोजेटिभ

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : ९९ मध्ये १ जना पोजेटिभ

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा : ३५० जना मध्ये २८ जना पोजेटिभ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा : ३३ जना मध्ये ८ जना पोजेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा : १ जना मध्ये १ जना पोजेटिभ

दैलेख प्रयोगशालामा गरिएको परिक्षणमा : ११४ जना मध्ये १० जना पोजेटिभ

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा : ६५ जना मध्ये ६५ जना नै पोजेटिभ

जम्मा संख्या ४ हजार ४ सय ८३ वटा परिक्षणमध्ये ७४० जनामा पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?