काठमाडौं, १० फागुन । एमालेसँग पार्टी एकताको तयारीमा रहेको माओवादी केन्द्रले पार्टीका नेता रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सामेल हुने योजना बनाएको छ यद्यपि पार्टीका तर्फबाट कसले नेतृत्व गरेर सरकारमा जाने भन्ने टुंगो पार्टीको कार्यालयको बैठकले टुंगो लगाउने बताइएको छ पार्टीमा सरकारमा सहभागी हुने र नेतृत्व गरेर जाने आकांक्षीको संख्या बढेपछि प्रचण्डले वरिष्ठ नेता थापाको नेतृत्वमा सरकारमा पठाउन चाहेको स्रोतको दाबी छ प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रले गृहमन्त्री पाउने सहमति भएपनि कसलाई सो पदमा पठाउने भन्ने निर्णय भइसकेको छैन । उपप्रधानसहित गृहमन्त्रीमा थापालाई पठाउने विषयमा छलफल भएको बताइएको छ प्रधानमन्त्रीमा नियुक्त भएकै दिन ओलीले दुवै पार्टीका २–२ जनालाई मन्त्रिका रुपमा शपथ खुवाउने योजना बनाएको भएपनि माओवादी केन्द्रले मन्त्रीका नाम नदिएपछि एमालेबाट लालबाबु पण्डित र थममाया थापालाई मन्त्री पदको शपथ खुवाएर ३ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, जयपुरी घर्ती, देव गुरुङलगायत मन्त्रीका दाबेदार रहेका छन् वर्षमान पुन यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्ति हुन् भने शर्मा, रायामाझी, भुसाल, सापकोटा, गुरुङलगायत सबै पूर्वमन्त्री हुन् २०७० को निर्वाचनमा बर्षमान पुन मोरङबाट पराजित भएका थिए भने गुरुङ र भुसाल वैद्य माओवादीबाट निर्वाचन बहिस्कार गरेका थिए । उनीहरु डेढ वर्षअघि रामबहादुर थापासँगै वैद्य माओवादीबाट माओवादी केन्द्रमा फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया