काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा गत १५ जूनमा भएको हिंसात्मक झडप पछि दुबै देशको अवस्था अहिले तनावपूर्ण रहेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सीमावर्ती क्षेत्र लद्दाख पुगेका छन्।
मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत समेत आज (शुक्रवार) बिहान लद्दाखको राजधानी लेह पुगेको भारतीय सञ्चारमाध्यमले बताएका हुन्। मोदीले लेह पुगेर त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा दुई देशका सेनाबीच भएको ह्रिंस्रक झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए ।
उक्त हिंसात्मक झडपपछि भारत र चीन सीमा विवाद उत्कर्षमा पुगेको छ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया