काठमाडौं । कोरोना भाइरसको कारण कतारमा अलपत्र परेका १ सय ४७ जना नेपाली शुक्रवार स्वदेश फर्किएका छन् । कोरोना र लकडाउनबाट सिर्जित असहज परिस्थितिमा तत्काल फर्कनैपर्ने उनीहरुलाई नेपाल फर्काइएको हो ।
नेपाल एयरलाइन्सको आरए २३९२ को उडानमार्फत कतारको दोहाबाट उनीहरु शुक्रवार काठमाडौं आइपुगेका हुन् ।
जस मध्ये आइपुग्नेमा १४१ पुरुष र ६ महिला रहेको विमानस्थल प्रशासनले जनाएको छ। त्यसैगरी उक्त उडानमा दुईवटा शव पनि ल्याइएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रवार(आज) नै कतारबाट थप नेपालीहरु स्वदेश फर्किदै छन् । उनीहरुलाई कतार एयरवेजले दोहाबाट ल्याँउन लागेको हो।
त्यस्तै गरी मलिन्दो एयरले मलेसियाको क्लालाम्पुर, यूएईबाट दुईवटा जहाज तथा कुवेतबाट पनि आममाफी पाएका नेपालीहरु आज नै स्वदेश फर्किन लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया