काठमाडौं । रौतहटमा मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका टिकुलिया बकैया पुल नजिकै सडकमा पार्किङ गरी राखेको को ११ प २६६७ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बौधिमाई नगरपालिका-१ बौधा बस्ने २० वर्षीय रमेश राय यादव र रम्भु कुमार यादव रहेका छन् ।
मोटरसाइकल चोरी गरी डोर्याउँदै मौलापुरतर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनीहरुले उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया