काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटर्वार्ता भएको छ ।
पछिल्लो समय सत्तारुढ दलभित्र आन्तरिक किचलो बढेको छ । यसैबीच शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा दुइ अध्यक्षबीच छलफल जारी रहेको छ ।
स्रोतका अनुसार उक्त भेटघाटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बुझिएको छ ।
गत असार १० गतेदेखि बसेको नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीको आलोचना व्यापक मात्रामा भइरहेको छ । बैठकमै अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले ओलीको राजिनामा समेत मागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया