काठमाडौं- काठमाडौं उपत्यका (भक्तपुर, ललितपुर) मा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो दिनको तथ्यांकले नेपालमा कोरोना संक्रमण देखिएको ५ महिनापछि झनै संक्रमणको जोखिम बढेको देखाउँछ।
सरकारले गत असार १ गतेदेखि लकडाउन परिमार्जन गरेसँगै उपत्यका भित्रिने, बजारमा बढेको भिडभाड, मास्क, भिडभाड, मास्कको प्रयोग नगरिनु, साबुनपानी, सेनिटाईजरको प्रयोग नगर्नु, मानिस एक ठाउँबाट अर्को ठाउँमा आवाजावत, आवश्यक परिक्षण नगरिनु लगायतका कारण कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण फैलिँदै गएको हो।
चार दिनको अवधिमा तिव्र रुपमा बढेको संक्रमितको संख्याले पनि जोखिम बढीरहेको संकेत गर्दछ । चार दिनको बीचमा उपत्यकामा मात्रै ७१ जनामा कोरोना संक्रमण देखिएको छ। देशका अन्य जिल्ला र शहरमा पनि संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको छ ।
हिजो बिहीबार मात्रै एकैदिन थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परिक्षणमा हिजो एकैदिन १७ जना महिला र ११ जना पुरुष गरी २८ जना, भक्तपुरमा २ र ललितपुरमा थपिएका २ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै मंगलबार १४ जना र बुधबार १७ जना भाइरसबाट संक्रमित भएका थिए।
कहाँ चुक्यौँ हामी ?
आवश्यक परीक्षण नहुनु
संक्रमितको सम्पर्कमा रहेकाहरुको व्यवस्थापन र कन्ट्याक ट्रेसिङ
बितको ८० दिन पूर्णत लकडाउनमा रहँदापनि कुनै योजना नबनाईनु
भौतिक दूरी कायम नहुनु
हिजो मन्त्रालयले दिएको अपडेट अनुसार कहाँ कति थपिए संक्रमित
खुल्ला सीमाको समस्या
भारत लगायतका देशबाट आएकाहरु जो क्वारेनटाईनमा बसीरहेका छन् उनीहरुको जाँचमा ढीलाई गरिनु
कहाँ कति पुगे संक्रमित ?
नेपालमा हिजो (बिहिबार) थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमध्ये महिला १, ८८३ जना छन् भने पुरुष १२ हजार ६३६ जना छन् । हिजो (बिहिबार) पुष्टि भएका १०९ जना महिला र ३६४ जना पुरुष संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
नेपालमा ७ प्रदेश मध्ये हिजो (बिहिबार) सबैभन्दा धेरै सुदूरपश्चिममा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म ५ हजार ३ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । हिजो (बिहिबार) नेपालमा कोरोना संक्रमणमुक्त हुनहरुको संख्या ६६४ रहेको छ ।
यस्तो छ प्रादेशीक विवरण :
हालसम्म प्रदेश १ मा : ६ सय ३६ जना
प्रदेश २ मा : ३ हजार ९ सय ९ जना
बागमती प्रदेशमा : ५ सय ५ जना
गण्डकी प्रदेशमा : १ हजार ८४ जना
प्रदेश ५ मा : ३ हजार ८ सय ५३ जना
कर्णाली प्रदेशमा : १ हजार ५ सय १२ जना
र सूदुरपश्चिम प्रदेशमा : ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।
यी जिल्लामा छन् ५ सय बढी संक्रमित :
प्रदेश २ मा पर्ने : महोत्तरी, रौतहट, सर्लाही
प्रदेश ५ मा पर्ने : कपिलवस्तु, पाल्पा, दाङ
कर्णाली प्रदेशमा पर्ने : दैलेख
सुदुरपश्चिम प्रदेशमा पर्ने : कैलाली
थपिएका संक्रमितको विवरण यस्तो छ :
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : सुनसरीका ३ जना पुरुष,मोरङको ४ जना महिला र २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका १ जना पुरुष
गजेन्द्र नारायण सिंह राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका १ जना महिला र ९ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ४ जना महिला र २६ जना पुरुष र महोत्तरीका १ जना महिला र १२ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका ५ जना महिला र २६ जना पुरुष,बझाङका ११ जना महिला र २४ जना पुरुष,डोटीका १० जना महिला र ४८ जना पुरुष,कैलालीका ४० जना महिला र १२५ जना पुरुष र कनञ्चपुरका ६ जना महिला र २५ जना पुरुष र खोटाङका १ जना पुरुष
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा : ललिपुरका १ जना पुरुष
भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : चितवनका १ जना महिला र १ जना पुरुष
त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : बर्दियाका १ जना महिला भक्तपुरका २ जना पुरुष, दाङका २ जना पुरुष,धादिङ्का १ जना महिला,दोलखाका १ जना महिला र १ जना पुरुष,गोरखाका १ जना पुरुष, काठमाडौंका १७ जना महिला र ११ जना पुरुष,काभ्रेपलान्चोकका १ जना पुरुष र ललितपुरका १ जना पुरुष,मकवानपुरका १ जना महिला,पाल्पाका १ जना महिला रामेछापका १ जना पुरुष,रुपन्देहीका १ जना पुरुष,सिन्धुलीका १ जना पुरुष,उदयपुरका १ जना महिला,नवलपरासीका १ जना पुरुष,सिन्धुपालचोकका १ जना पुरुष,अर्घाखाँचीका २ जना पुरुष र सुनसरीका १ जना पुरुष
टेकु अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : नुवाकोटका १ जना पुरुष,रसुवाका १ जना महिला र सिन्धुपाल्चोकका १ जना महिला र २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका १ जना पुरुष,पर्वतका २ जना पुरुष,तँनुहका ३ जना पुरुष र स्याङजाका २ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका १ जना पुरुष,लमजुङका १ जना महिला र १५ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा : दाङका २ जना पुरुष
स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परिक्षणमा : दैलखका ३ जना पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा : कालीकोटका १ जना पुरुष
१०९ जना महिला र ३६४ जना पुरुष = ४७३ जना संक्रमित थपिएका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया