काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई पराजित गरेको छ । बिहिबार राति घरेलु मैदानमा रियलले गेटाफेलाई १–० ले पराजित गरेको हो ।
रियलको जितमा कप्तान सर्जियो रामोसले ७९ औं मिनेटमा पेनाल्टीमा गोल गरे । जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।
बराबरीतर्फ उन्मुख खेलमा गेटाफेका माथियास ओलिभरले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोसले लगातार २१ औं पेनाल्टी गोल गर्न सफल रहे ।

रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । गेटाफे ५२ अंक सहित छैटौ स्थानमा छ ।
रियल मड्रिडले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया