एमसीसीको म्याद थप्न सरकारले पठायो पत्र

एमसीसीसँगको अनुदान सम्झौत संसदबाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति सार्न आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेखी कार्यान्वयनमा जाने समय सार्नेबारे छलफल गर्न आग्रह गरेको हो ।
अर्थ सचिव शिशिर कुमार ढुंगानाले हस्ताक्षर गरेको पत्रमा कोभिड १९ महामारीका कारण पूर्वतयारी गर्न नसकिएको भन्दै पत्राचार गरिएको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?