अनुहारको चाउरीपन कसरी हटाउने ?

एजेन्सी । अनुहारमा चमक र चाउरीपन हटाउन कुनै पनि सौन्दर्य श्रृंगार गइरहनुपर्छ भन्ने छैन । हामी, हाम्रै घरआँगनको प्राकृतिक सौन्दर्य प्रसाधन तथा पोषण तत्वको खाद्यपूरक बारे अनभिज्ञ छौं । प्रायः जसो घरघरमा पाइन्छ एलोभेरा अर्थात घिउकुमारी सुन्दर अनुहार र चाउरीपन हटाउने सौन्दर्य प्रसाधन मात्र होइन घिउकुमारी विभिन्न रोगको प्रतिरोधी चामत्कारिक खाद्यपूरक समेत भएको खाद्यविज्ञहरुको दाबी छ घिउकुमारी ६० देखि १ सय सेन्टिमिटर अग्लो रसदार बिरुवाको प्रजातिमा पर्छ । यसको उत्पत्ति एशिया र आफ्रिकाको सुक्खा क्षेत्रहरूमा भएको थियो, तर हाल यो विश्वभरी नै पाइन्छ । यसका पातहरू बाक्ला र गुदियुक्त हरियो वा खैरो मिश्रित हरियो रंगका हुन्छन, जसमा बाक्लो लेदो (जेल) जस्तो पदार्थ हुन्छ । पातका किनारहरूमा साना सेता दाँती भएका धारहरु हुन्छन् गाउँघरमा छिप्पिएको पातभित्रको गुदीलाई घिउसँग मिसाएर पोलेको घाउमा लगाउने चलन छ । कतिपयले एलोभेराको गुदीलाई अनुहारमा दलेर फेसवासको रुपमा प्रयोग गर्ने समेत गरेको पाइन्छ पौष्टिक खाद्य वस्तु, जडिबुटीजन्य औषधि र सौन्दर्य प्रसाधनका रुपमा घिउकुमारीलाई लि थालिएको छ यसमा निहित पिडा न्यूनीकरण गर्ने, रोगहरू निको पार्ने र कोषहरूको पूनर्निर्माण गर्ने तथा प्रतिकूल प्रभाव वा साइड इफेक्ट नहुने गुणहरूले गर्दा नै वैकल्पिक चिकित्सा प्रणालीहरूले यसको व्यापक प्रयोग गर्ने गरेका छन् । यसमा खनिज पदार्थहरू लगायतका २ सयभन्दा धेरै क्रियाशील पदार्थहरू हुनाले यो पोषण र विभिन्न औषधीय गुणयुक्त चामत्कारिक खाद्य पूरक बनेको हो । घिउकुमारीमा मेक्रोन्युट्रियन्टस् (बृहद्पोषकहरू) : कार्बाेहाइड्रेट, वनस्पतिजन्य स्टेरोलहरू, एमिनो एसिडस् आदि, माइक्रोन्युट्रियन्टस् (सुक्ष्मपोषकहरू) : भिटामिन ए, बी१, बी२, बी३, बी६, बी१२, सि र इ, तथा फोलिक एसिड, फलाम, केल्सियम, मेग्नेसियम, जिङ्क, क्रोमियम, सेलेनियम, तामा, मेङ्गानिज, सोडियम आदि, फाइटोकेमिकल्स (वनस्पतिजन्य यौगिकहरू) : पोलिसेक्राइडस्, एन्टिअक्सिडेन्टस, मात्राज, एन्थ्राक्विनोनस, सि–ग्लाइकोसाइडस, एन्थ्रोन्स, विविध प्रकारका लेक्टिन आदि तत्वहरु सक्रिय पाइन्छ घिउकुमारीको फाइदा

  • छालालाई सुन्दर बनाउन र चाउरी हटाउन सहयोग गर्छ ।
  • अनुहारको दाग हटाउन मद्दत गर्छ ।
  • शारिरिक प्रक्रियालाई सुगठित र क्रियाशील बनाउँछ ।
  • कोषलाई निर्विषीकरण गर्छ तथा काटेका र पोलेका घाउको पीडा कम गरी निको पार्न मद्दत गर्छ ।
  • तागत दिन्छ र शरीरको रोग प्रतिरोध क्षमता बढाउँछ ।
  • दुखाई, ज्वरो र तनावलाई न्यूनीकरण गर्छ ।
  • पाचन प्रक्रियालाई सुदृढ पार्छ र मधुमेहको उपचार तथा रोकथाम गर्न मद्दत गर्छ ।
  • कोलेस्टेरोल र मुटु रोगको जोखिम न्यूनीकरण गर्छ ।
  • छाला, यौन अंग र आँखाका रोग र संक्रमणहरू विरूद्ध लड्न र तिनीहरूलाई स्वस्थ राख्न मद्दत गर्छ ।

घिउकुमारी प्रयोग गर्दा अपनाउनुपर्ने सवाधानीगर्भवती, रजस्वलाको अवस्थामा, रक्तश्राव भइरहेको बेला, कलेजो र पित्ताशयमा समस्या भए एलोभेरा सेवन नगर्नु उचित हुन्छ प्रत्येक व्यक्तिको विशेषता र प्रकृति अलग–अलग हुने भएकाले सेवन गर्ने क्रममा घिउकुमारीको मात्रा स्वतः निर्धारण हुने भए पनि सावधानी र मात्राका लागि विज्ञ-चिकित्सक-खाद्यपूरक विशेषज्ञसित परामर्श गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?