काठमाडौं । प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक-एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१५ पुगेको छ ।
अहिलेसम्म ४०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । आज देखिएका सङक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया