काठमाडौं । दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज बिहान दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको मृत्यु भएको हो । डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा ५ प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ६५२५ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया