काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै अनसन बसेका युवाहरुलाई भेट्न अस्पताल पुगेका छन् ।
‘इनफ इज इनफ’ अभियानका अभियान्ता इशान अधिकारी (ई) र उनका समूह क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, शंकास्पद सबैको पीसीआर टेस्ट हुनुपर्ने माग सहित ७ दिनदेखि पाटनमा अनसनरत रहेका छन् ।

बिहीवार दिउँसो स्वास्थ्यमा समस्या आई ह्याम्स अस्पताल भर्ना भएका उनीहरुलाई भेट्न प्रधानमन्त्री ओली साँझ अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाले जानकारी दिए ।
उनीहरुलाई भेट्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई अनसन तोड्न आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया