चीन-भारत सीमा विवादकाबीच भारतलाई रुसले दिनेभयो ३३ वटा फाइटर जेट

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा जून १५ मा भएको हिंस्रक झडप पछि दुबै देशको अवस्था तनावपूर्ण बन्दै गईरहेको छ । यसैबीच भारत र रुसको बीचमा एक रक्षा सम्झौता भएको छ ।

बिहीवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी समेत गरेका छन् ।

त्यसको केहि समय पछि भारत र रुसबीचमा एक रक्षा सम्झौता भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय रक्षामन्त्रालयका अनुसार रुससँग भारतले ३३ जेट विमान किन्ने भएको छ । यसका लागि भारतीय १८ हजार १४८ करोड रुपैयाँको बजेट राखिएको छ ।

भारतले रुससँग सुखोई ३० र मिग २९ विमान किन्ने भएको हो । रुसका राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गर्दै भारत र रुसबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताएका छन् ।

जानकारीका अनुसार चीनसँगको सीमा विवादपछि भारतीय रक्षा मन्त्रालयले रुससँग ३३ नयाँ फाइटर जेट किनेको हो ।

यसमा १२ वटा सुखोई ३० लडाकू विमान र २१ वटा मिग २९ विमान किनेको हो । यो भन्दा पहिला भारतमा ५९ वटा मिग २९ रहेका छन् ।

यसमा पुरा प्रोजेक्ट १८,१४८ करोड भारतीय रुपैयाँ रहेको छ । यो बाहेक पनि भारतीय रक्षा मन्त्रालयले २४८ एक्स्ट्रा एयर मिसाइल किन्न अनुमति दिएको छ । यी मिसाइल भारतीय एयरफोर्स र नेवी दुबैलाई काम लाग्ने बताइएको छ ।

डिआरडिओद्वारा बनाइएको एक हजार किलोमिटर रेन्ज वाला क्रुज मिसाइलको डिजाइनलाई पनि मञ्जुरी दिएको छ ।

जुलाईमा भारत आउने रफाल

भारतीय रक्षा मन्त्रालयले एक बयानमा भनेको छ कि, रक्षा अधिग्रहण परिषदले कुल ३८,९०० करोडको प्रपोजल्सलाई अनुमति दिएको छ ।

यसमा ३१ हजार करोड भारतीय इण्डस्ट्रीबाट हुनेछ । यो पैसाबाट पिनाका रकेट लञ्चरको गोलाबारुद किन्ने बताइएको छ ।

साथै संसारकै सबैभन्दा घातक मिसाइल र सेमी स्टील्थ टेक्निकबाट ल्यास ६ रफाल लडाकू विमान पहिलोपल्ट २७ जुलाईमा भारत आउने बताइएको छ ।

यो ६ रफाल जेट फ्रान्सको बोर्डोक्सबाट भारत आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?