काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी घर भएकी डेढ महिनाको शिशु रहेको छिन् । उनको उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
हिजो अछामका ४५ वर्षीय पुरुषको कोरोनाको कारण ज्यान गएको थियो ।
मन्त्रालका अनुसार म्याग्दी जिल्ला धौलागिरी नगरपालिका, वडा नं ४ घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया ‘ट्रयाक्टेस्टोमी’ गरेका थिए ।
उनको आइसियुमा राखि उपचार भइरहेको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका ४९ दिने शिशुमा शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
ति शिशुको सम्पर्कमा रहेका बुबा, आमा र फुपुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरी पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
नेपालमा आज (बिहीवार) एकैपटक ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ५ हजार ३०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६६४ रहेको छ ।
नेपालमा हिजो ९बुधवार० एकैपटक ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया