अनसनरत ‘ई’ र उनको समूहलाई भेट्न पाटन पुगे नेता केसी, तस्वीरमा हेर्नुहोस्

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा उपचारमा प्रभावकारी रुपमा काम गर्न माग गर्दै युवा समूहले गरेको ‘इनफ इज इनफ’ अनसनको आज सातौँ दिन पुगेको छ ।

अभियान्ता इशान अधिकारी (ई) र उनका समूह क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, शंकास्पद सबैको पीसीआर टेस्ट हुनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने लगायतका माग राखेर अनसनमा बसिरहेका छन् ।

यसैबीच, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कोरोना रोकथाममा सरकार संवेदनशील बन्न माग राख्दै अनसन बसेका युवाको अभियानमा एक्येवद्धता जनाएका छन् । नेता केसी बिहीवार दिउँसो उनलाई भेट्न पाटन दरबार क्षेत्र पुगेका छन् ।

पाटन दरबार परिसरमा ७ दिनदेखि अनसनरत ई लाई भेट्न नेता केसी अनसनस्थलमै पुगेका हुन् । नेता केसीले जायज माग राखि कुनै राजनीति आग्रह पुर्वाग्रह बिना नै अनसनरत युवाको ज्यान जोखिममा पर्नु दुखद भएको भन्दै अबिलम्ब सरकारको ध्यान जानुपर्ने बताए ।

वर्तमान सरकार जनता जोगाउन भन्दा पनि आफ्नो कुर्सी जोगाउन व्यस्त भएको भन्दै नेता केसीले युवाहरुको अभियानमा एक्येवद्धता जनाएका हुन् ।

पछिल्लो समय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चित्तबुझ्दो कामकारवाही गर्न नसकेको भन्दै देशका विभिन्न ठाँउमा विरोध प्रदर्शनहरु भइरहेका छन् । अनसनरत युवाको स्वास्थ्य अवस्था बारे जनकारी लिँदै नेता केसीले थपे- “सरकारले आफूलाई सच्याउन युवाहरुको कुरा सुन्नुपर्छ” ।

नेता केसीसँगै नेपाल विध्यार्थी संघका नेताहरु शुशिल भट्ट, निरञ्जन थापा लगायत अन्यको पनि उपस्थिती रहेको थियो ।

 

तस्वीरमा हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?