काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बालुवाटारमा पार्टीको आन्तरिक छलफलबाट उठेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेकोमा प्रचण्ड पनि छुट्टै भेट्न पुगेका हुन् ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया