काठमाडौं । बिहीवार (आज) मन्त्रिपरिषद् बैठक केही बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक डाकेको मन्त्रीपरिषद् बैठक केहीबेरमा बस्न लागेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नियमित बैठक भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुने बताइएको छ ।
पछिल्लो समय पार्टीभित्र बढेको आन्तरिक कलहको बारेमा पनि उक्त बैठकमा छलफल हुने बुझिएको छ ।
मन्त्रीपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन् ।
नेकपाका दुबै नेताहरुले आफूनिकटका नेताहरुसँग छलफल गरिरहेका छन् । यसैक्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बुधवार बिहान आफूनिकटका मन्त्रीहरुलाई बोलाई छलफल गरेका थिए । भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ आफू निकट र बिहीवार बिहान ओली निकटका नेताहरुसँग छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया