१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कपिलवस्तुकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-१ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?