पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ पार्टी अध्यक्षमा समेत अयोग्य

काठमाडौं, १० फागुन । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पार्टीको नेतृत्व गर्न समेत अयोग्य भएको ठहर गरेको छ पाकिस्तान मुस्लिम लिग–नवाजका संस्थापक समेत रहेका उनी हाल पार्टीको अध्यक्ष रहेका हुन् अदालतले पार्टी अध्यक्ष पदमा रहँदा नवाज शरीफले गरेका निर्णयहरु पनि अमान्य रहेको ठहर गरेको छ । सर्वोच्चले पनामा पेपर्स प्रकरणमा दोषी ठहर भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए सर्वोच्चको यो फैसलासँगै आगामी महिना हुने संसदीय निर्वाचनमा सो पार्टीको भविष्यलाई लिएर अनिश्चितता देखिएको छ । हाल पाकिस्तानको तल्लो सदन नेशनल एसेम्ब्लीमा उनको पार्टीको बहुमत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?