१३ मङ्सिर २०८०, बुधबार

गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

२०७४,आश्विन,६,शुक्रवार ०६:४५

0
Shares

काठमाडौँ, ६ असोज ।राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताएकि छन ।अठ्तीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताईन । राष्ट्रपति भण्डारीले ‘सेवा नै धमै हो’ भन्ने समाजमा प्रचलित, लोकप्रिय उक्तिलाई आत्मसाथ गरी सामाजिक सेवाको क्षेत्रमा सक्रिय रूपमा संलग्न हुन सबैलाई आग्रह गरिन ।वृद्धवृद्धा हेरचाह, बालबालिका संरक्षण, शिक्षादीक्षा, राहत तथा उद्दार जस्ता परोपकारी कार्यमा सरकारका विभिन्न निकायद्वारा गठित र संरक्षित संघसंस्थाको भूमिकालाई थप परिणामुखी बनाउन नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।सामाजिक क्षेत्रको विकासमा गैरसरकारी संस्थाबाट गरिएको योगदान सरहानीय रहेको बताउँदै राष्ट्रपतिले गैरसरकारी संस्था उद्धार, कल्याण, आयआर्जन, सामुदायिक विकास सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरण र रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरी आफ्नो भूमिकालाई आम जनसमुदायसम्म पु¥याउन सफल भएको उल्लेख गरिन । 

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ०६:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८