काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरू प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।
बिहीवार बिहान ८ बजे ओली निकट नेताहरु छलफलका लागि खुमलटार पुगेका हुन् ।
छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी रहेका छन् ।
त्यसैगरी, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु छलफलमा रहेको श्रोतले बताएको छ ।
प्रचण्डले नेकपामा जारी पछिल्लो शक्ति संघर्षका बारे छलफल गर्न नेताहरूलाई बोलाएका बताइएको छ । बुधवार साँझ ललितपुरको झम्सीखेल स्थित एक होटलमा पनि माधव नेपाल र आफू निकट नेताहरूसँग प्रचण्डले छुट्टै छलफल गरेका थिए ।
बिहीवार पनि नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया