नायिका साम्राज्ञी भन्छिन् : ‘युट्युबमा अन्तर्वार्ता दिन्न’ !

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युब मिडियालाई अन्तर्वार्ता नदिने भएकी छिन् । युट्युव मिडियाका अन्तर्वार्ताले आफुलाई असर पुग्ने गरेको भन्दै उनले यस्तो निणर्य लिएकी हुन् ।

केही दिन अगाडि फिल्म अभिनयको सिलसिलामा आफुले भोगेको दुब्र्यवहार बाहिर ल्याएकी शाहले सामाजिक संजाल मार्फत आफ्नो तितो अनुभव दर्शकमाझ शेयर गरिरहेकी छन् । यसै क्रममा शाहले मंगलबार इस्टाग्राममा शेयर गरेको भिडियोमा युट्युव पत्रकारलाई अबदेखि अन्तवार्ता नदिने बताएकी हुन् ।

‘यो दुई दिनयता मलाई अन्तरवार्ताका लागि धेरै फोन आउने गरेको छ । तर मैले कसैलाई पनि अन्तवार्ता दिएकी छैन’ शाहले भनिन् ‘हामी हिरोइनले धेरै पटक मिडियामा आफ्नो कुरा पोख्न खोजेका छौ । तर हाम्रो अन्तवार्ताको हेडलाइन बिगारेर, घिनलाग्दो राखेर हामीलाई नै असर पुग्ने समाचार बनाउने गरेका छन् ।’

आफ्नो अन्तवार्ता बेचेर थुप्रै युटयुवका पत्रकारले पैसा कमाउने गरेको समेत बताएकी शाहले युट्युवरबाट आफु वाक्क दिक्क भएको समेत बताएकी छन् । उनले थपिन् ‘आफुले युट्युवरलाई अन्तरवार्ता नदिनुको कारण पनि यही हो ।’

आफुलाई अव युट्युव नचाहेको बताएकी शाहले युट्युव अन्तर्वार्तामा आउने नराम्रो कमेन्ट समेत युट्युव मिडियाले नहटाएकोमा आपती जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?