भ्रष्ट देशहरुको सूचीमा नेपाल, १८० देशमध्ये नेपाल १२२औं स्थानमा

काठमाडौं, १० फागुन । भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा परेको छ ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धि विश्वव्यापी सूचकांकमा नेपाल ९ स्थान माथि उक्लिँदै १२२ औं स्थानमा देखिएको छ गत वर्ष नेपाल भ्रष्टाचार हुने देशहरुमध्ये १३१ औं स्थानमा थियो सन् २०१७मा सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिएपछि सन्तोषजनक भने छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलले ४० भन्दा कम अंक ल्याउने देशहरुलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ राजनीतिक स्थिरताले नेपालले विगतको सुचकांकमा केही प्रगति गरेको भएपनि नेपाल दक्षिण एसियाकै पनि बढि भ्रष्ट देशमा परेको छ दक्षिण एसियामा पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपाल भन्दा पनि भ्रष्ट देशमा परेका छन् त्यस्तै, पाकिस्तान नेपालभन्दा १ स्थान तल १२३औं स्थानमा र बंगलादेश १४६औं स्थानमा छ । १८४ वटा देशमध्ये अफगानिस्तान १८० औं स्थानमा रहेको छ सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २९ स्थानमा रहेको छ । भारत ८५औं, श्रीलंका ९७औं र माल्दिभ्स ११८ औं स्थानमा रहेका छन् । सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित ११६ औं स्थानमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?