काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आवाज उठाइरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ५ शीर्ष नेता छुट्टै बैठक बसेका छन् ।
बुधवार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादल लगायत अन्य थुप्रै नेताहरु बैठकमा सहभागी रहेका छन् ।
असार १० गतेबाट बसेको नेकपा स्थायी कमिटि बैठकमा निरन्तर प्रधानमन्त्री ओलीको आलोचना र राजिनामा समेत मागिरहेका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई नेकपा स्थायी समिति बैठकमा मुखै फोरेर अध्यक्ष दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजिनामा मागेका गरेका थिए ।
यसअघिका गुटगत बैठकमा गृहमन्त्री थापा सहभागी हुने नगरेपनि अहिलेको बैठकमा सहभागी भएका छन्, जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उक्त भेलामा प्रचण्ड र माधवकुमार नेपाल गुटका प्राय सबै नेताहरुको सहभागीता रहेको स्रोतले जनाएको छ । जसमा योगेश भट्टराई, लेखराज भट्ट लगाएतका नेताहरु सहभागी नरहेको स्रोतको भनाइ रहेको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया