नियमको पालना नभए अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित थपिने कोरोना विशेषज्ञको दाबी

काठमाडौं । कोरोभाइरसको प्रकोपबाट अमेरिकाको अवस्था नराम्रो बनेको त छ नै तर पनि कोरोना भाइरसविरुद्धको भ्याक्सीन नबन्दा संक्रमित र मृतकको संख्या अमेरिकामा दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण १ लाख ३० हजार १३४ जनाको मृत्यु भएको छ भने २७ लाख ३० हजार ८०३ जनालाई संक्रमण भएको छ । यसैबीच अमेरिकाका कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले एक चेतावनी दिएका छन् ।

उनले अमेरिकीहरूले कोरोनाका विभिन्न नियममा सुधार गरेन भने कोरोना भाइरस संक्रमणको प्रकोपले अमेरिकामा धेरै क्षति गर्न सक्ने चेतावनी दिएका हुन् ।

फाउची भन्छन्, ‘अमेरिका कोरोना महामारी नियन्त्रण गर्न पूर्ण रूपमा असफल भएको छ, कोरोनाको महामारी अमेरिकामा कसरी पार गर्ने भन्ने प्रश्न अझै रहेको छ ।’

फाउचीका अनुसार यदि व्यक्तिले मास्क लगाउने र सामाजिक दूरी पछ्याउने जस्ता उपायहरू कडाईका साथ पालना गरेन भने हरेक दिन अमेरिकामा १ लाख नयाँ संक्रमण फेला पर्ने सम्भावना रहेको उनले बताएका छन् ।

सामाजिक दूरी कायम गर्नुपर्छ

नेशनल इन्स्टिच्युट अफ एलर्जी एंड इन्फेक्सियस रोगका प्रमुख फाउचीले चेतावनी दिएका छन् कि, संयुक्त राज्य अमेरिकाको अवस्था बिग्रँदै गएको छ र चाँडै कदम चालेन भने नयाँ विनाशका लागि तयार रहनु पर्छ।

उनले भने कि, ‘व्यक्तिले मास्क लगाएको हुनुपर्दछ, यसको साथै सामाजिक दूरी कायम गर्नु पर्दछ। यदि व्यक्तिले यस विषयमा लापरवाही गरे भने, आउँदै गरेको समयमा, अमेरिकामा हरेक दिन ठूलो संख्यामा केसहरु आउनेछन्।’

फाउचीले कोरोना भाइरस विरुद्धको भ्याक्सिन अर्को बर्षमा उपलब्ध हुने आश समेत रहेको बताएका छन् । तर त्यो भन्दा पहिले अमेरिकीहरुलाई यस महामारीबाट जोगाउनु पर्ने उनी बताउँछन्। न्यु योर्क र न्यू जर्सी पछि, क्यालिफोर्निया, टेक्सास र एरिजोना अब संक्रमणको नयाँ केन्द्रको रूपमा देखा परेको छ।

अमेरिकाले संक्रमणमा नियन्त्रण गुमायो

फोउचीले अमेरिकाले संक्रमणमा नियन्त्रण गुमाएको बताएका छन् । उनले भने, ‘यस्तो अवस्थामा मामिला बढ्न सक्छ, यदि स्थिति यस्तै नै रह्यो भने एक धेरै खराब समय आउने ढुक्क छ ।’

फाउचीले अहिले ४०/५० हजारको दरले रहेको संक्रमितको संख्या नियन्त्रण नगरे १ लाख सम्म दैनिक हुने बताएका छन् । उनले भने, ‘हामीले जहाँ जहाँ संक्रमण फैलिरहेको छ त्यहाँ हामीले नियन्त्रण गर्नुपर्दछ। यदि यो भएन भने, सारा देश बिस्तारै संक्रमणको शिकार हुनेछ।’

उनले खोप बजारमा नपुगेसम्म, अमेरिकीहरू सतर्क हुनु पर्ने आवश्यक रहेको पनि बताएका छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?