‘इनफ इज इनफ’ भन्दै बालुवाटारमा प्रदर्शन (भिडियोसहित)

काठमाडौं । इनफ इज इनफका अभियन्ताहरुले प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गरेका छन् । पाटनमा अनशनरत युवाहरुको समर्थनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन भएको हो ।

ललितपुरको पाटनमा ६ दिनदेखि युवाहरु अनशनमा बसेका छन् । सत प्रतिशत पीसीआर परीक्षण पर्ने, सरकारले गरेका काम पारदर्शी हुनुपर्ने माग राख्दै युवाहरु आन्दोलित भएका हुन् ।

https://www.facebook.com/lokpath/videos/1426230130918736/?t=13

बुधबार प्रदर्शनमा सहभागि युवाहरुले ‘मन्त्री ज्यू के छ खवर ?, हामी पारदर्शीत, जवाफदेहीता चाहान्छौ, सरकार राहतको पैसाले पेट भर्ने, जनता भोक भोकै मर्ने’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केहीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिशप्रसाद भट्ट, साधना राई, वृतान्त खनाल लगायत १२ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?