काठमाडौं । इंग्लिस क्लब चेल्सीले नयाँ सिजनमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ । चेल्सीले बुधबार सन् २०२० र २१ को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नाईकी कम्पनिले निर्माण गरेको जर्सी अघिल्लो सिजनको भन्दा फरक डिजाइनको रहेको छ । चेल्सीले पार्टनरको रुपमा रहेको थ्री युकेको लोगोलाई अघिल्लो भागमा प्राथमिकताका साथ राखेको छ ।

चेल्सीले जर्सी जुलाई दोस्रो साताबाट बजारमा उपलब्ध हुने समेत जनाएको छ । यस सिजन चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया