नेपालमा थप १ हजार ४६२ जना कोरोना संक्रमण मुक्त, ३० पुगे मृतक

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ६ सय ५६ रहेको छ ।

आज , जनकपुरबाट झापाका १ पुरुष, कलैया असपतालबाट बाराका ३ पुरुष, साई कृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ जना पुरुष, टेकु अस्पताल काठमाडौंबाट काठमाडौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपालचोकका १ पुरुष, खोटाङका १ पुरुष, त्यस्तै मोरङ, नुवाकोट, चितवन, भक्तपुर, दोलखाका १ जना पुरुष, ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष, निलकण्ठ आइसोलेशन सेन्टरबाट धादिङका ५ महिला र २९ पुरुष, ललितपुरका १ महिला, भक्तपुरका २ पुरुष,

त्यस्तै, पाटन अस्पतालबाट ललितपुरका १ महिला भक्तपुरका २ पुरुष सिन्धुलीका १ महिला चितवनका १ महिला, सुर्खेत प्रादेशीक अस्पतालबाट ५ महिला र २८ पुरुष,  प्रदेश नं ५ का विभिन्न आइसोलेशनबाट १५ महिला र २८७ पुरुष र नवलपरासीका १ महिला र १३ पूरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार अन्यको विवरण आउन बाँकी रहेको छ ।

पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो

नेपालमा आज (बुधवार) एकैपटक ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ४ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हिजो (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको पछिल्लो विवरण दिँदै मन्त्रालयले भन्यो- थप १ जनाको मृत्यु

 नेपालमा कोरोनाको कारण थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ । मृत्यु हुनेमा अछामका ४५ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मृत्यु भएका ती पुरुष अछाम जिल्ला रामरोसन गाउँपालिका वडा नं ५का स्थानीय हुन् ।

उनको असार १४ गते उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो । घरमा रहेका उनलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि असार १३ गते अस्पताल लगिएको थियो । उनमा मधुमेहको समस्या रहेको थियो । उनको मृत्यु पश्चात स्वाब संकलन गरी परीक्षण गर्दा असार १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई अस्पतालमा कुर्न बसेका अन्य २ जनाको समेत कोरोना परीक्षण गरिएकोमा उनीहरुको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?