आफ्नै छोरालाई खुकुरी प्रहार गर्ने खुसीराम पक्राउ

काठमाडौं । दाङमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै २७ वर्षीय छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दंगिशरण गाउँपालिका-५ नौबस्ता बस्ने ४६ वर्षीय खुसीराम चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बिबादका कारण खुसीरामले छोरालाई खुकुरी प्रहार गर्दा घाइते भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?